बझाङमा माओवादीभित्र विद्रोह, मुल नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन

पाँजलो समाचार
१४ असोज २०८१ ६:३१
बझाङमा माओवादीभित्र विद्रोह, मुल नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन

डोटी- नेकपा माओवादीभित्रै विद्रोह सुरु भएको छ। यस्तो विद्रोहको सुरुवात बझाङबाट भएको छ।

पार्टीको नीतिविपरीत नेतृत्व चयन गर्ने काम भएपछि बझाङमा माओवादी केन्द्र नै २ कित्तामा विभाजन हुन पुगेको छ। मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध स्वरुप समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामीको संयोजक र धर्मराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको छ।

एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए। जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरुलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो।

तर पार्टीको नीति विपरीत काम हुन थालेपछि विद्रोह गर्नु परेको समान्तर कमिटी सचिव धर्मराज भण्डारीले बताए। एक व्यक्तिलाई एउटा मात्र जिम्मेवारी दिने अर्थात एक पदमा एक जना मात्र रहने भन्ने जुन पार्टीको निर्णय थियो त्यसविपरीत माओवादी केन्द्र प्रदेश कार्यालयबाटै यस्तो काम हुन थालेपछि त्यसको विरुद्ध आवाज उठाउनु परेको गठित समान्तर कमिटीको दाबी छ।

नीति र विधिलाई लत्याउने, एकल र दादागिरी शैलीमा अघि बढ्ने, चरम व्यक्तिवादी निर्णय गर्ने, लोकेन्द्र धामीजस्ता व्यक्तिलाई पागलखानासम्मै पुगाउने काम गर्ने काम जनक बुढा लगायत व्यक्तिले जसरी गर्न खोजेका छन त्यसको विरुद्ध समान्तर कमिटी गठन गरेर संघर्ष गर्नु परेको उनीहरुको गुनासो छ।

यसअघि सम्पन्न उप–निर्वाचनको हिसाब–किताब समेत उनीहरुले बुझाउन मानेका छैनन्। यस्तो कार्यको बझाङको छबिस–पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, थलारा, तलकोट, मष्टा लगायत नेकपा माओवादी केन्द्र पालिका इन्चार्जहरु विरुद्धमा उत्रिएका छन्। यस प्रकारका निर्णयको सबैतिर विरोध गर्ने गरी समानान्तर कमिटीको योजना रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *