सामुदायिक सहजकर्ता, साथी सहजकर्ता, मनोसामाजिक स्याहार कर्ताहरूको बिचमा सिकाइ आदान प्रदान गोष्ठी सोमबार सिलगढीमा सम्पन्न भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा पीसविन नामक संस्थाले नगरपालिका अन्तरगत वडा नम्बर १, ३ र ८ मा एक चौमासिक रूपमा सञ्चालन गरेका गतिविधि हरूको बारेमा जानकारी गराइएको परियोजना संयोजक लक्ष्मी देउवा बमले बताइन् ।
उनले परियोजना अन्तरगत सामुदायिक सहजकर्ताहरूका लागि लैङ्गिक रूपान्तरण र घटना अध्ययन तालिम, रूपान्तरण कक्षामा सहभागी हुने किशोरीहरूका अभिभावकहरूका लागि अनुशिक्षण तालिम लगाएका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको समेत संयोजक बमले बताइन् ।
संस्थाले पालिकाका विभिन्न स्थानहरूमा कार्यक्रम सञ्चालन गर्दा पालिकालाई सहज भएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकारले बताए । उनले भने संस्थाले कार्यक्रम गर्नु भनेको पालिकालाई सहयोग पुग्ने कार्यक्रम रहेकोले कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजान आवश्यक रहको र पालिकाले पनि पूर्ण सहयोग गर्ने समेत बताए ।
सिकाई आदान प्रदान गोष्ठीमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकार, पालिकाका अन्य कर्मचारी, सरोकारवाला निकायका प्रमुख प्रतिनिधि, कार्यक्रम अन्तरगत रहेका सामुदायिक सहजकर्ता, साथी सहजकर्ता, मनोसामाजिक स्वाहाकर्ता हरूको समेत सहभागिता रहेको थियो ।






प्रतिक्रिया