प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो : आरजु राणा

पाँजलो समाचार
१३ भदौ २०८१ ८:१७
प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो : आरजु राणा

धनगढी- आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेको परराष्ट्रमन्त्री एवं काँग्रेस नेतृ आरजु राणा देउवाले बताएकी छिन्। बिहिवार बिहान धनगढीस्थित आफ्नै निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनम उनले प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै भएको बताएकी हुन्।

प्रधानमन्त्री केपी ओलीले महिला प्रधानमन्त्री बनाउने इच्छा गरेको सम्बन्धमा पत्रकारले प्रश्न गर्दा उनले भनिन्, ‘म प्रधानमन्त्री बन्ने सम्भावना छैन, पार्टीभित्र मेरो कति हैसियत छ मलाई थाहा छ, हाम्रो पार्टीबाट प्रधानमन्त्रीको क्यान्डिडेट शेरबहादुर देउवा नै हो।’

देशमा राजनीतिक प्रतिशोधको संस्कृति विकास हुन थालेपछि काँग्रेस–एमाले एक ठाउँमा उभिनुपरेका तर्क उनको छ। उनले काँग्रेस–एमालेको समीकरण २०८४ सम्मै जाने दाबीसमेत गरेकी छन्। सुरुको दुई वर्ष केपी ओली र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताइन्।

उनले संविधान संशोधन पनि आवश्यक रहेको बताइन्। संविधानको मूल मर्म नमर्ने गरी केही विषय संशोधन आवश्यक रहेको उनको भनाइ छ। उनले आफ्नो भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा झुलाघाट र परशुराममा पुल निर्माणका लागि कुराकानी भएको बताइन्। त्यस्तै, धनगढीको फाप्लामा क्रिकेट मैदान निर्माणबारे पनि भारत सरकारसँग कुरा गरेको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *