डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

पाँजलो समाचार
३० साउन २०८१ १२:२६
डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

दिपायल- डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–९ मछेन्तोला निवासी उमा साउदकी १४ वर्षिया छोरी रुपा साउदको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधवार दिउँसो घाँस काट्ने क्रममा घोडचिन्ने भिरबाट लडेर रुपाको मृत्यु भएको दिपायल सिलगढी नगरपालिका–९ का वडा अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी कक्षा ६ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *