डोटीमा भालुको आक्रमण बाट एक जना घाइते

पाँजलो समाचार
२९ साउन २०८१ १:२९
डोटीमा भालुको आक्रमण बाट एक जना घाइते

दिपायल- डोटीमा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
जिल्लाको आर्दश गाउँपालिका वडा नं. ४ देहिका १७ बर्षिय बिष्णु बोहरा घाइते भएको स्थानीय नरेन्द्र रोकायाले जानकारी दिए ।
उनलाई गाउँ नजिककाे आफ्नाे खेत नजिक बाख्रा चराईरहेको अवस्थामा भालुले दिउँसो ३ बजे आक्रमण गरेको थियो ।
घाइते बोहराको डाेटीमा उपचार सम्भव नभए पछि स्थानीय जी डी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी धनगढी रिफर गरिएको प्रहरी चाैकी माैवाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *