‘रिक्सा खरिदका लागि मौद्रिक नीतिले कर्जा दिने…यस्तो समय पनि आयो’

मौद्रिक नीतिलाई कर्जा नीतिको रूपमा बुझ्ने भाष्य परिवर्तन गर्न आवश्यक छ : डा. अनलराज भट्टराई

पाँजलो न्युज
३ साउन २०८१ ६:५८
‘रिक्सा खरिदका लागि मौद्रिक नीतिले कर्जा दिने…यस्तो समय पनि आयो’

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ सुरु भएको छ । सरकारले यस आर्थिक वर्षका लागि १७ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको अनुमानित बजेट (वित्त नीति) ल्याएको छ । उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने गरी ल्याइएको भनिएको सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले सो बेला पनि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, विभिन्न युद्ध, आयात निर्यातसँगै आर्थिक चक्रमा आएको परिवर्तनले नेपाल मात्र होइन, विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुग्यो । अन्ततः ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा मुस्किलले ४ प्रतिशत मात्र प्राप्त हुने अवस्था बन्यो ।

आर्थिक शिथिलताका कारण उपभोग्य बजारको उत्साह अझै बढ्न सकेको छैन । व्यापार व्यवसाय नहुँदा बैंकको कर्जा लगानी नै हुन सकिरहेको छैन । बैंकहरूले ६ खर्बमाथिको तरलता होल्ड गरेर बसेका छन् तर कर्जाको माग छैन । निजी क्षेत्रको आत्मबल अझै फर्किन सकेको छैन ।

यसैबिच नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारी गरिरहेको छ । सम्भवतः यसै साता मौद्रिक नीति आउने छ । यस्तो कठिन अवस्थामा निजी क्षेत्रको आत्मबल बढाउने, लगानीको वातावरण बनाउने र सरकारको वित्त नीतिले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी केन्द्रीय बैंकले कस्तो मौद्रिक नीति अवलम्बन गर्ला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *