डोटीको बुडरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाँजलो समाचार
२३ जेठ २०८१ ५:०७
डोटीको बुडरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दिपायल- दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना भएको छ।दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौली देवी धामीको घटना स्थलमै र लेकम गाउँपालिका–४ कै ३ वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई बताए । सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो।

 चालकसहित ७ जना घाइते भएका छन्।  घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन्।

त्यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन्। घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *