
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गर्नुभयो । नेपाल चार्टर एकाउण्टेण्ट्स संघ (एक्यान) द्वारा आयोजित कार्यक्रमको बिहीबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्त्वपूर्ण हुने बताए ।
“कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता हो, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठुलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुन सक्दछ”, उनले भने।
प्रतिक्रिया