सोडारीको मुख्यमन्त्री पद बदरको रिटमा आज सुनुवाइ हुने 

दिनेश खबर
१० वैशाख २०८१ ३:५७
सोडारीको मुख्यमन्त्री पद बदरको रिटमा आज सुनुवाइ हुने 

धनगढीः सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ।

आइतवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकोमा आज सुनुवाई हुने भएको हो। ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरेको निवेदक लक्ष्मणकिशोरको दाबी छ। ’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *