उसो त मुख्यमन्त्री शाहले बिहीबार राति नै भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि प्रदेश प्रमुख देवराज जोशीले आफ्नो निर्धारित कार्यक्रम स्थल अछाम नपुगी बाटोबाटै धनगढी फर्किएका थिए ।
समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् । यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन् ।
अर्कोतिर राजनीतिक बदलावसँगै बनेको एमाले माओवादी गठबन्धनलाई नाउपा बिना सरकार बनाउन बहुमत पुग्दैन ।
नयाँ गठबन्धनमा माओवादीको १० (सभामुख बाहेक), एमालेको १० र समाजवादीको ४ गरी २४ सांसद मात्र रहेका छन् ।
प्रतिक्रिया