नयाँ सत्ता समिकरण बन्दा सुदुरपश्चिममा काग्रेंसका मुख्यमन्त्री सहित २ मन्त्रीको पद गुम्दै

पाँजलो न्युज
२२ फागुन २०८० ३:३३
नयाँ सत्ता समिकरण बन्दा सुदुरपश्चिममा काग्रेंसका मुख्यमन्त्री सहित २ मन्त्रीको पद गुम्दै

दिपायल- केन्द्रमा फेरिएको नयाँ राजनितिक समिकरण संगै प्रदेशहरुमापनि समिकरण फेरिने निश्चित छ । यसको प्रभाव सुदुरपश्चिममापनि पर्ने निश्चितनै छ । केन्द्रको सत्ता समिकरण फेरिदा सुदुरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको नेपाली काग्रेंसले सत्ता छोड्नुपर्ने स्थिती आएको छ । सुदुरपश्चिम प्रदेशमा काग्रेंसका मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा र आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले आफ्नो पद गुमाउनुपर्ने स्थिती आएको छ ।

गत बर्ष माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमल बहादुर शाहले ठिक १३ महिनामा आफ्नो पद छोड्नुपर्ने परिस्थीति श्रृजना हुन लागेको छ । एमाले,माओवादी, रास्वपा र जसपाको नयाँ गठबन्धनमा नागरिक उन्मुक्तीपनि जाने सम्भावना उत्तिकै छ । यद्धपी उन्मुक्तीले सुदुरपश्चिमको मुख्यमन्त्री मागेको छ । नयाँ गठबन्धनको सरकार बन्दा सुदुरपश्चिम प्रदेशमा एमाले, माओवादी र नागरिक उन्मुक्तीको सरकार बन्ने छ । सो गठबन्धनको सरकार बन्दा काग्रेंसले सत्ता छोड्नुपर्ने देखिन्छ ।
हाल माओवादीका तर्फबाट सामाजिक बिकास मन्त्री झपट साउँद, उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिहं धामी र राज्यमन्त्री गिता माल सरकारमा सहभागी छन् । नागरिक उन्मुक्तीबाट भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलास चौधरी छन्, भने एकिकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री नरेश शाही छन् । नेकपा एकिकृत समाजवादीले सरकारमा जाने बारे निर्णय लिइसकेको छैन । समाजवादी नयाँ गठबन्धनमा नगए उसलेपनि सत्ताबाट बाहिरिनुपर्ने हुन्छ । प्रदेशसभामा हाल नेपाली काग्रेंसका १८, माओवादीका सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्तीका ७, नेकपा एकिकृत समाजवादीका ४, राप्रपाका १ र १ स्वतन्त्र प्रदेशसभा सदस्य गरी जम्मा ५२ प्रदेशसभा सदस्य छन् । तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिहंको सडक दुर्घटनामा परी निधन भएपछि उनको क्षेत्रमा उप निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *