धनगढी- धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ। भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो। स्ट्रीप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रीट लाइटको आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ। यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ। विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्।
उनले करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट जडान भएको बताइन्।स्ट्रीप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई सुन्दर सहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए। उनले ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्यलाई बढाउने बताए।
प्रतिक्रिया