आदिवासी जनजाति महासङ्घ प्रदेश सभा ख को अध्यक्षमा सलामी चयन

गणेश मौनी
२३ माघ २०८० १४:२४
आदिवासी जनजाति महासङ्घ प्रदेश सभा ख को अध्यक्षमा सलामी चयन
डोटी,नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको डोटी जिल्ला प्रदेश सभा ख को अध्यक्षमा टेक बहादुर सलामी चयन भएका छन् ।
बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा भएको भेलाले सलामीको अध्यक्षतामा १३ सदस्यीय डोटी जिल्ला प्रदेश सभा ख स्तरीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भक्त बहादुर थापामगर, टेकसरा पुनमगर चयन भएका छन् । त्यस्तै समितिको सचिवमा प्रकाश लामा र इन्द्र बहादुर पुनमगर चयन भएका छन् भने समितिको सह–सचिवमा दिलसरी लामीछानेमगर र रमेश धर्तिमगर र कोषाध्यक्षमा ललिता पुनमगर सर्व सम्मर्त चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा धनसरा पुनमगर, किशोर बुढामगर, शान्ति देखि पुनमगर र शंकर बुढामगर चयन भएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश सभा ख का क्षेत्रीय सभापति टेक सलामीको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रीय सभापति एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद , नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेल, जिल्ला कार्यसमिति सदस्य कविराम बुढामगर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घकी जिल्ला सदस्य अम्मीसरा कुमारी पुनमगर,नेपाली काँग्रेस बडीकेदार गाउँपालिका सभापति करुणाकर जोशी, गाउँपालिका सचिव शिद्धराज विष्ट, सबै बडाका वडा सभापति, विभिन्न पालिकाबाट भेलामा प्रतिनिधिको रूपमा आदिवासी जनजाति महासङ्घ सँग आबद्ध दाजुभाइ दिदी बहीनीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *