रानागाउँमा साबुन बनाउने तालिम सुरु

पाँजलो न्युज
२३ माघ २०८० ३:१६
रानागाउँमा साबुन बनाउने तालिम सुरु

डोटी- केआईसिंह गाउँपालिकाकाे वडा नं. ५ रानागाउँमा साबुन बनाउने सम्बन्धि तालिम साेमबारबाट सुरू भएकाे छ ।
साेमबार गाउँपालिका उपाध्यक्ष मिना विष्टले तालिमकाे उद्घाटन गरेकि हुन् ।
नमस्ते सुदूरपश्चिमकाे प्राविधिक सहयाेगमा ५ नं. वडा कार्यालय रानागाउँकाे लगानीमा तालिमकाे आयाेजना भईरहेकाेे छ । तालिममा २५ जना सहभागी रहेकाे वडाध्यक्ष दुर्गा सिं रावलले बताए ।

तालिमकाे उदघाटन गर्दै उपाध्यक्ष मिना विष्टले तालिमले महिलाहरूलाई आत्म निर्भर हुनेमा विश्वस्त रहेकाे बताईन् । उपाध्यक्ष बिष्टले के.आई.सिंह गाउँपालिकाले महिला संग उपाध्यक्ष कार्यक्रममार्फत महिलाहरूकाे सशक्तिकरण , आयआर्जन तथा शिक्षा स्वास्थ्यकाेे क्षेत्रमा विभिन्न गतिविधि गरिरहेकाेे जानकारी दिईन् ।
तालिमकाे उदघाटन शत्रमा वडाध्यक्ष दुर्गा सिं रावलले तालिम पश्चात् महिलाहरूलाई आवश्यक उपकरण र स्राेतसाधनमा सहयाेेग गर्न आफू तयार रहेकाेे बताए ।
तालिमकाे प्रशिक्षकका रूपमा आएका नमस्ते नेपालका प्रशिक्षक शिवराज खड्काले महिलाहरूलाई साबुन निर्माण गर्ने सीप संगै , साबुन उधाेग संचालनका लागि आवश्यक बजार विश्लेषणबारे पनि अभिमुखिकरण गरिने बताएका छन् ।घ
कार्यक्रम वडा सचिव पुर्णा राणाले संचालन गरेकि थिईन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *