डोटीको बोगटानमा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ

गणेश मौनी
२२ माघ २०८० १४:१०
डोटीको बोगटानमा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ
डोटी,डोटी जिल्लाको दुर्गम पालिकाको रूपमा चिनिने बोगटान फुड्सिल गाउँपालिकामा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ कार्यक्रमको  आयोजना गरिएको छ ।
नागरिकहरूलाई सामाजिक कुरुती, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विषय बस्तुमा जानकारी दिन नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
जिल्ला प्रहरी कार्यालयले आइतबार आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा नागरिक सँग सम्बन्धित विभिन्न सवालहरूको बारेमा छलफल हुनुका साथै केही जिज्ञासाहरू उठेको प्रजिअ अर्यालले बताए ।
कार्यक्रममा नागरिकता प्राप्ति प्रक्रिया, अवैध मदिरा नियन्त्रण, राष्ट्रिय परिचय पत्र , सरकारी कार्यालयले प्रदान गर्ने सेवाको गुणस्तर, सामाजिक सञ्जाल फेसबुक ह्याक हुने जस्ता समसामयिक विषय बस्तुहरूको बारेमा स्थानीयबासीहरुले सवाल उठान गरेको प्रजिअ अर्यालले बताए । नागरिक सुनुवाइमा उठेका सवालहरूलाई न्यूनीकरण गर्न स्थानीय सरकार र प्रशासनले सहकार्य गरी कार्य योजना अनुसार अगाडी बढ्ने छलफल भएको समेत प्रजिअ अर्यालले बताए ।
गाउँपालिका भित्र देखिने गरेका सामाजिक कुरुती, विभिन्न सवालहरूलाई मध्यनजर गर्दै पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । कार्यक्रममा देखिएका सवालहरूलाई सम्बोधन गर्न पालिकाले प्रहरी प्रशासन र अन्य विभिन्न निकायहरू सँग समन्वय गरी आगामी दिनमा कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत अध्यक्ष गडसिलाले बताए ।
कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान  प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, विद्यार्थी,स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *