बोगटानमा श्रमिकहरूलाई अभिमुखीकरण तालिम

गणेश मौनी
२२ माघ २०८० ३:१९
बोगटानमा श्रमिकहरूलाई अभिमुखीकरण तालिम
डोटी ,डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदारअखडामा श्रमिकहरूलाई अभिमुखीकरण तालिम दिइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत श्रमिकहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बोगटान फुड्सिल गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम  सहायक हेम बहादुर बमले बताए ।
अभिमुखीकरण कार्यक्रममा श्रमिकहरूले कार्यक्षेत्रमा काम गर्ने तरिका, विधि, समय तालिमका, काम गरेबापत पाउने ज्याला प्राप्तको प्रक्रियाको बारेमा जानकारी गराइएको समेत रोजगार सहायक बमले बताए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत काम गर्ने श्रमिकहरूले सट्टा काम गर्ने गरी मानिस राख्न नपाउने , बिहान १० देखि ५ बजे सम्म पालिकाले खटाएको स्थानहरूमा काम गर्नुपर्ने, पैसा सम्बन्धित कामदारको बैङ्क खातामा जम्मा हुने प्राबधाकन रहेको रोजगार सहायक बमले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत विभिन्न प्रक्रिया पुर्‍याई छनोट भएका कामदाहरुले गाउँ बस्तीमा रहेका सडक, बाटो मर्मत तथा निमार्ण, आवश्यकता अनुसार वाल निमार्णको कार्यहरू गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *