डोटी,डोटीको आर्दश गाउँपालिकाले डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि बिद्यार्थिहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि बिद्यार्थिहरुलाई हौसला प्रदान गर्नुका साथै आगामी दिनमा हुने हरेक खेलमा सफलता मिल्न सहयोग पुगोस भन्ने हेतुले पालिकाले बिद्यार्थिहरुलाई सम्मान गरेको आदर्श गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पदम सिं बिष्टले बताए ।
खेलाडीहरुको सम्मान कार्यक्रममा बोल्दै आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी रोकायाले खेलाडीहरु हाम्रो गाउँपालिकाका गहना हुन, गाउँपालिकाले सदैब सम्मान गर्ने बताईन् । खेलकुद कार्यक्रम लाई प्रवद्र्धन गर्न पालिकाले आवश्यकता अनुसारको सहयोग गर्ने समेत बताईन् । उपाध्यक्ष रोकायाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिद्यार्थि खेलाडीहरु सहभागि भई इमान्दारीता पूर्वक खेल प्रदर्शन गरेकोमा सहभागिहरुलाई धन्यवादका साथै बधाई समेत दिएकी थिईन् ।
आर्दश गाउँपालिकाले खेलकुद लाई विशेष प्राथमीकताका साथ अघाडी बढाउने आर्दश गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई साकार पार्न आर्दश सरकार सबैव तल्लीन रहने समेत अध्यक्ष खड्काले बताए । खेलकुदलाई प्रवद्र्धन गर्न गाउँपालिकाले एक जना खेलकुद प्रशिक्षकको ब्यवस्था गरि पालिका अन्तरगत रहेका सबै बिद्यालयहरुमा खेलकुदका क्रियाकलापहरुलाई निरन्तरता दिईने बताए । आगामी दिनमा खेलकुदलाई मध्यनजर गर्दै पालिकास्तरीय खेलमैदान निमार्ण कार्यको योजना समेत अघाडी बढाईने अध्यक्षले खड्काले बताए ।
दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबार देखि मङ्गलवार सम्म सञ्चालन भएको प्रतियोगितामामा आदर्श गाउँपालिकाले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित १५ पदक प्राप्त गर्दै तेस्रो स्थान हासील गरेको थियो । बिभिन्न खेलमा सहभागिता जनाउन आर्दश गाउँपालिकाबाट खेल प्रशिक्षक सहित ६० जना बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।
पालिकाले एक कार्यक्रमको आयोजना गरि बिद्यार्थिहरु सहित खेल प्रशिक्षक जनक बहादुर खड्का लाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया