आज देखि सरकारी कार्यालय पाँच बजेसम्म खुला रहने

गणेश मौनी
१६ माघ २०८० ०:४१
आज देखि सरकारी कार्यालय पाँच बजेसम्म खुला रहने

आज देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् ।
सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।
सरकारले गत कात्तिक १६ गते देखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।
शुक्र वारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *