डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला

गणेश मौनी
९ माघ २०८० ६:५६
डोटीमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला

डोटी,डोटीमा एक युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर १ पालचिउरी बस्ने शेर बहादुर कलेलको १९ वर्षीय पवित्रा कलेले मङ्गलवार आफ्नो घरको सुत्ने कोठामा काठको बल्लीमा पलाष्टिको डोटीमा पासो लगाई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिपीनगरका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताए ।
घटनास्थलमा प्रहरी टोली पुगी मुचुल्काको काम भइरहेको र शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइने समेत प्रहरी निरीक्षक रिमालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *