डोटी- जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ।
शुक्रवार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोड नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गाडी डडेलधुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए। गाडीमा उनी मात्रै रहेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

प्रतिक्रिया