बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

पाँजलो न्युज
४ माघ २०८० ५:५९
बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

मार्तडी बाजुराको स्वामीकार्तीक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५२ वर्षीया जोशीको बिहीबार बिहान करिब ४ बजेतिर आफ्नै घरमा निधन भएको हो।

गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किस्ट अस्पतालमा उपचार गराएर जोशीलाई हालै घर पुर्‍याइएको थियो।

‘क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। आज (बिहीबार) बिहान उहाँको निधन भयो,’ अध्यक्ष रोकायाले भने।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली कांग्रेसको उम्मेदवारका रुपमा स्वामीकार्तीक खापर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *