डोटीमा भालुको आक्रमण बाट दुई जना घाइते

गणेश मौनी
२२ पुष २०८० १३:३३
डोटीमा भालुको आक्रमण बाट दुई जना घाइते
डोटी ,डोटीमा भालुको आक्रमण बाट दुई जना घाइते भएका छन् ।
आक्रमणमा परि जिल्लाको आदर्श गाउँपालिका वडा ४ रोडीङ गाउँका स्थानीय वर्ष ५६ की गौरी भाट र वर्ष ५० का वर्षीय भाट घाइते भएको स्थानीय बासी नरेन्द्र रोकायाले जनाएको छ ।
आफ्नो घर नजिक रहेको बुडीखेतमा  दिउसो तिन बजे काम गरिरहेको अवस्थामा  भालुले महिला माथि आक्रमण गरेको थियो । महिलालाई जोगाउन जाँदा पुरुष माथि पनि आक्रमण गरेको स्थानीय रोकायाले बताएका छन् ।
आक्रमणमा परि पुरुषको आँखा, निधार, पिठिउँमा चोट लागेको छ भने महिलाको टाउको अनुहार, पिठिउँमा, हातमा चोट लागेको छ ।  दुवै जनालाई आदर्श ३  काडीस्याउलेमा रहेको जिडी पोलिक्लीनीकमा सामान्य उपचार पश्चात् थप उपचारेको लागि धनगढी रिफर गरिएको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *