धनगढी- कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना स्थलमा रहेको ट्याक्टर चालकलाई समेत सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया