सिलगढी- किसान बहुउद्देश्यीय सहकारी संस्था सिलगढी साखाले सोमबार मृतकका परिवारलाई कर्जा मिनाहा शुल्क वितरण गरेको छ । मन्धरी पार्की का श्रीमान दिलु पार्कीको असायमिक निधन भएको हुदा मृतकका परिवारलाई कर्जा मिनाहा शुल्क वापत १०८३४२ रुपया वितरण गरिएको थियो । श्रद्धाञ्जली सभा तथा सुबिधा बितरण कार्यक्रम गरि पर्किलाई हस्तान्तरण गरिएको लेखा सहायक दीपेन्द्र बटालाले जानकारी दिनुभएको थियो । पार्की यस सहकारी संस्थाकी सेयर सदस्य पनि हुन् ।
प्रतिक्रिया