भूकम्प प्रभावितलाई डोटीको सायल गाउँपालिकाले दुई लाख सहयोग गर्ने

पाँजलो न्युज
१८ कार्तिक २०८० १३:३२
भूकम्प प्रभावितलाई डोटीको सायल गाउँपालिकाले दुई लाख सहयोग गर्ने

धन बहादुर बोहरा  डोटी डोटीको सायल गाउँपालिकाले भूकम्प प्रभावितलाई राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले एक प्रेस विज्ञप्ति जारी गर्दै सहयोग बारे जानकारी दिएका हुन ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटना प्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

अध्यक्ष जोशीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक÷एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ । भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न सवैसँग अपिल गर्दछौँ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *