कञ्चनपुर- प्रहरीले कञ्चनपुरमा फेरि जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
प्रतिक्रिया