अछाम- रामारोशन गाउँपालिका–३ धामीबाडाको १ पसलमा आगलागी भएको छ ।
स्थानीय ललित जंग खत्रीको पसलमा बिहीबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया