कञ्चनपुरमा ४ लाख बराबरका वेवारिसे सामान बरामद

पाँजलो न्युज
४ कार्तिक २०८० १०:५३
कञ्चनपुरमा ४ लाख बराबरका वेवारिसे सामान बरामद

महेन्द्रनगर- प्रहरीले शुक्रबार कञ्चनपुरमा ४ लाख रुपैयाँ भन्दा बढीका भन्सार छलीका सामान वेवारिसे अवस्थामा वरामद गरेको छ ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–४ बजार र ६ नम्बर वडाको बनगाँउबाट अन्दाजी ३ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका चिनी, कपडा, भाडावर्तन, बिजुलीका सामान वेवारिसे अवस्थामा फेला परेका हुन् ।त्यस्तै, भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट ८ हजार र बेलौरी नगरपालिका–१ भु.पु. सैनिक टोल नजिकबाट अन्दाजी २६ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारको सेन्ट, स्किन क्रिम लगायतका सामान वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *