सेती नदिमा २ बालबालिका वेपत्ता

पाँजलो न्युज
२० असोज २०८० ७:३३
सेती नदिमा २ बालबालिका वेपत्ता

डाेटी – दिपायल स्थित सेती नदिकाे पक्कि पुल नजिकैबाट नुहाउने क्रममा २ बालक बेपत्ता भएका छन् । वेपत्ता भएकाहरूकाे स्थानिय र सुरक्षाकर्मी मार्फत खाेजी कार्य जारी छ ।
दिपायल पिपल्ला बजारका व्यवसायी सुवास प्रजापतिका दुई नाति नातिनि वेपत्ता भएका हुन । छाेरा पट्टीकी नातिनी ७ बर्षिया खुसि प्रजापति र छाेरीपट्टिकाे नाति २.५ बर्षिय सिदार्थ देउवा शनिवार विहान नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
अभिभावकलाई जानकारी नै नदिई साथिहरूसंगकाे लहै लहैमा उनीहरू नुहाउन गएका थिए । संगै नुहाउन गएका अन्य साथिहरूले घरमा खबर गरेपछि मात्रै घटनाबारे जानकारी भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *