गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना

पाँजलो न्युज
१९ असोज २०८० ७:१८
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना

धनगढी- कैलालीकाे गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ।गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो।

प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए।गाडी खमौरामा दुर्घटना भएको हो । चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन्। गाडीको अगाडिको भागमा क्षति पुगेको छ।

उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन्। गाडीमा आफू नभएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए ।

तर, स्थानीयहरूले भने चालकले मादकपदार्थ सेवन गरेका कारण दुर्घटना भएकाे बताएका छन्। उक्त निजि गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहिवार चलाएका थिए।प्रमुख प्रशासकीय अधिकृतका लागि निजि गाडीलाई नगरपालिकाले मासिक ९० हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *