पोखराबाट पश्चिमतर्फ जाँदै गरेको बस बिहानै दाङमा दुर्घटना, १४ यात्रु घाईते

पाँजलो न्युज
१५ असोज २०८० १:५३
पोखराबाट पश्चिमतर्फ जाँदै गरेको बस बिहानै दाङमा दुर्घटना, १४ यात्रु घाईते

दाङ- दाङमा बस दुर्घटना भएको छ । पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका-४ बगइसोतामा दुर्घटना हुदा १४ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहान करिब ५ बजे बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकाहरुको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको र घाइतेहरुको उद्दार गरेर अस्पताल लगिएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको र धेरै चोटपटक लागेकाहरुलाइ थप उपचारको लागि बाहिरी जिल्ला पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *