नेपाल- भारत सीमा नाका झुलाघाटमा आवागमन बन्द भएको छ । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सोमबार सीमा नाकामा आवागमन बन्द रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एकदिनका लागि पुलमा आवागमन बन्द गरिएको हो । यसअघि पुल मर्मतका बिषयमा दुवै पक्षका अधिकारीहरुबीच सहमति भएको थियो ।
आज बिहान ८ः ४५ बजेदेखी दिउँसो १ः १५ बजे सम्म र दिउँसो २ बजेदेखी अपराहन्न ४ः १५ बजे सम्म आवागमन बन्द रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
सीमाक्षेत्रमा नेपाल –भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने बिषयमा समेत छलफल भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करीब डेढ सय बर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
प्रतिक्रिया