बझाङ- शुक्रबार खुकुरी प्रहार गरी स्थानीय जैलु मण्डेलको हत्या गरेका बझाङको छविसपाथिभेराका बिजुली मण्डेल पक्राउ परेका छन् ।
प्रहरीका अनुसार आज बिहान छबिसपाथिभेरा–७ घट्टेका ५५ वर्षीय बिजुलीलाई पक्राउ गरिएको हो । उनले सोही ठाउँका ६० वर्षका जैलुको हत्या गरेका थिए ।
बिजुलीलाई कडेल टावर भएको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताका छन् ।
प्रतिक्रिया