२८ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

पाँजलो न्युज
८ असोज २०८० ६:५७
२८ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

बझाङ- अपांगता भएकी २८ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा बझाङमा एक १३ वर्षीय बालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्लाकी ती महिलालाई बलात्कार गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ गरिएको छ ।

अपांगलता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे बलात्कार गरेपछि फरार ती बालकलाई प्रहरी पोष्ट बगडगाँउको टोलीले ३ घण्टामैं बालुवाटार नजिक पुरानो घरमा लकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आमा डोटी गएका बेला महिलाको बलात्कार भएको बताइएको छ । उनी एक्लै घरमा रहेको बेला नाबालकले बलात्कार गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *