डोटीमा विद्युत सर्ट हुदा एक होटलमा आगलागी

गणेश मौनी
४ असोज २०८० १६:०६
डोटीमा विद्युत सर्ट हुदा एक होटलमा आगलागी

डोटी । डोटीमा बिद्युत सर्ट हुदाँ एक होटलमा गय राति आगलागी भएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत सर्ट भई बुधबार राति आगलागि भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताउनु भयो ।

आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *