हरितालिका तीज र संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो बिशेष अफर

पाँजलो न्युज
३० भदौ २०८० १४:५५
हरितालिका तीज र संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो बिशेष अफर

काठमाडौँः  यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व सम्बन्धी विशेष अफर उपलब्ध गराउने भएको छ।

यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो अफर भाद्र ३१ गतेदेखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ। अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *