डडेल्धुरा- बुधबार राति साढे ९ बजे अटो दुर्घटना हुँदा डडेल्धुराको आलितालमा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलेखमा पर्ने भीमदत्त राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा २६ वर्षीय अटोचालक दिपक बलायर र २६ वर्षीय केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा परेर वीरबहादुर कुँवर घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले बताएको छ ।
शव झाडीमा अड्किएकाले निकाल्न नसकिएको र प्रहरी टोली घटनास्थलमा खटिएर शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया