डोटी,जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिबक्ता कैलाश सिंह साउँद निर्बाचित भएका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा आईतबार सम्पन्न १९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा साउँद निर्बाचित भएका हुन् । साउँद संगै अन्य उपाध्यक्षमा अधिबक्ता नबराज भट्ट, सचिवमा अधिबक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिबक्ता लभदेब भट्ट, सदस्यमा अधिबक्ता सुजीत कुमार श्रेष्ठ र केन्द्रिय पार्षदमा अधिबक्ता शेर बहादुर चन्द निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।
प्रतिक्रिया