धनगढी- धनगढीमा विद्युतीय धरापमा परेर महिला मृत्यु भएको घटनास्थलमा अबैध सामान फेला परेको छ।
जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर धनगढी वडा नम्बर ३ की ३२ वर्षीया मञ्जु कुँवरको सोमबार राती ११ बजे मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। धनगढी ३ कै होल्डिङ सेन्टर नजिकै बस्ने मञ्जुको जंगली जनावरबाट धानबाली बचाउनका लागी खेतको आलीमा छाडेको करेन्टमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए।
प्रहरी निरीक्षक बस्यालले विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताए । मृतक महिलाको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ । राति महिला के-कति कारणले करेन्ट प्रवाह गरेको ठाउँमा पुगेकी थिइन् भन्ने कुरा नखुलेको प्रहरीको भनाइ छ।
प्रहरीकाअनुसार घटनास्थलमा कपडाहरु भेटिएका छन्। घटनास्थलमा बरामद गरिएका सामान अबैध हुन या होइनन् अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक बस्यालले बताए। जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया