घाँटी र छातीमा चक्कु प्रहार भएको अवस्थामा दार्चुलामा एक महिला मृत फेला

पाँजलो न्युज
११ भदौ २०८० ९:४८
घाँटी र छातीमा चक्कु प्रहार भएको अवस्थामा दार्चुलामा एक महिला मृत फेला

दार्चुला- दार्चुलामा एक महिलाको हत्या भएको आंशका गरिएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दलाई चक्कु प्रहारबाट हत्या गरिएको आंशका छ। उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। टोपालीस्थित घरमा एक्लै बस्दै आएकी ती महिला शनिबारदेखि सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए।

महिलाको शव सोमबार घरभन्दा करिब दुई सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *