सुदूरपश्चिमका केही पहाडी जिल्लामा पुनः सुरु भयो हवाई उडान

पाँजलो न्युज
११ भदौ २०८० ९:१९
सुदूरपश्चिमका केही पहाडी  जिल्लामा पुनः सुरु भयो हवाई उडान

दिपायल- नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका केही पहाडी जिल्लामा हवाइ सेवा पुनः सुरु गरेको छ ।

मौसम खरावका कारण रोकिएको सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सोमबार बाट पुनः सुरु गरिएको हो ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, अछाम  र बाजुरामा सोमबार र बिहीबार नियमित हवाई सेवा सुरु गरिएको धनगढी विमानस्थलकी सुचना अधिकारी विद्या शाहले बताइन् ।

सोमबार कैलालीको धनगढी विमानस्थलबाट समिट एयर यात्रु बोकेर बझाङ उडेको धनगढी विमानस्थलकी सुचना अधिकारी शाहले बताइन् ।

धनगढी विमानस्थलबाट पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा पुनः शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *