महिनावारीको बेला गोठमा सुतेकी बैतडीकी एक किशोरीको मृत्यु

पाँजलो न्युज
२४ साउन २०८० ६:२०
महिनावारीको बेला गोठमा सुतेकी बैतडीकी एक किशोरीको मृत्यु
बैतडी : बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको ४ दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउँन गएको समयमा उनको घरमै मृत्यु भयो’ ।

किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् ।  महिनावारी भएको बेला अधिकांश महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा अलग्गै सुत्ने गरेका छन् ।,’ स्थानीय चन्दले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *