डोटी ।डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र भैरब प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्किलाई सम्मान गरेको छ ।
शैलेश्वरी क्षेत्र बिकास समिति डोटीले प्रजिअ अर्याल र प्रमुख सेनानी कार्किलाई सम्मान गरेको हो ।
डोटी जिल्लामा दुई साता अघि सरुवा भएर डोटीमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका प्रजिअ अर्याललाई डोटीमा स्वागत गर्दै सम्मान गरेको छ भने भैरव प्रसाद गणका गणपती प्रमुख सेनानी कार्कि सरुवा भएर सुर्खेत जान लाग्नु भएकोले डोटीमा रहुन्जेल डोटीको समग्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको शैलेश्वरी क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम शंकर भट्टले बताउनु भयो ।
अध्यक्ष भट्टले डोटी जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय शैलेश्वरी, खप्तड, सालमुनी लगाएतका क्षेत्रको बिकास प्रवद्र्धनका साथै खेलकुद क्षेत्रको बिकासमा समेत टेवा पुर्याएको प्रमुख सेनानी कार्किको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको बताउनु भयो ।
डोटी जिल्लाको बसाई अबधीभर सबै क्षेत्रबाट पूर्ण साथ सहयोग पाएको डोटी सधै स्मरणयोग्य रहने र डोटीको बिकासमा सदैब सहयोग गर्ने समेत प्रमुख सेनानी कार्किले बताउनु भयो ।
डोटी जिल्लाको समग्र क्षेत्रको बिकासका सवालमा सबै तह तप्कासंग सहकार्य गरेर अघि बढ्र्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनु भयो । डोटी जिल्लामा रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रको संरक्षण प्रबद्र्धन र विकास गर्न पूर्ण सहयोग रहने समेत प्रजिअ अर्यालले बताउनु भयो ।
शैलेश्वरी क्षेत्र बिकास समितिले गरेको सम्मान कार्यक्रम शैलेश्वरी मन्दिरको प्रांगणमा आयोजना गरिएको थियो । कार्यक्रममा क्षेत्र बिकास समितिका पदाधीकारी, पतन्जली योग समितिका पदाधीकारी, उद्योग बाजिज्य संघका पदाधीकारी, स्थानीय, सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया