डोटी । डोटीमा खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता २०८० दोस्रो संस्करण शनिबार देखी सिलगढीमा सुरु भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पु¥याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग बाणिज्य संघडोटीका अध्यक्ष मोहन कलेलले बताउनु भयो ।
उद्घाटन खेल भैरव प्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताउनु भयो ।
पहिलो खेलमा भैरव प्रसाद गण पुर्विचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको हो । खेलको पहिलो हाममा दुई गोल गरेको भैरव प्रसाद गण ‘ए’ ले दोस्रो हाफमा थप ४ गोल गरेको थियो भने पहिलो हाफमा गोल गर्न नसकेको पुर्विचौकी गाउँपालिकाले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरव प्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका ८ वटा टिमले सहभागिता रहेको समेत प्रमुख सेनानी कार्किले बताउनु भयो । बाकी खेलहरु डोटी उद्योग बाणिज्य संघ र डि एस एस टिम रहेका छन् । यस्तै, पोल “बि” अन्तरगत सिवाईएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बिं) र सेती प्राविधिक शिक्षालय बिच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया