वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गणेश मौनी
३ साउन २०८० ५:०२
वक्तृत्वकला प्रतियोगिता सम्पन्न

डोटी ।डोटीको आदर्श गाउँपालिकामा पालिकास्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत बालबिबाह न्यूनिकरण सम्बन्धी बाल क्लबका सदस्यहरुका लागि पालिका स्तरिय प्रतियोगिताको आयोजना गरेको समान पहुच बिकास केन्द्र डोटीकी कार्यसमिति सदस्य तुलसी पुजाराले बताईन् ।
बालबालिकाको क्षमता विकास गर्नका लागि बालबालिकाको सहभागितामा विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको कार्यक्रमका सभाध्यक्ष एवं आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताउनु भयो । बालबालिकाहरुको चौतर्फी बिकास गर्ने, सामाजिक जनचेतना जगाउने खालका विभिन्न कार्यक्रमहरुमा पालिकाले पनि प्राथमीकता दिने र संघ संस्थाहरुले पनि सहयोग गर्नुपर्ने समेत अध्यक्ष खड्काले बताउनु भयो
बालबालिकाको समग्र बिकासका लागि पालिकाले विभिन्न कार्यक्रम संचालन गर्न आवश्यक बजेटको ब्यवस्थापन गरेको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले बताईन् ।
प्रतियोगितामा छात्र तर्फ वडा नम्बर १ का सन्तोष नेपाली प्रथम भएका छन् । त्यस्तै द्धितृय वडा नम्बर ३ का प्रेम पाठक ,तृतीय वडा नम्बर ३ का नबिन बिक र सान्तोना वडा नम्बर २ का मोहन ओझा भएका छन् भने छात्रा तर्फ वडा नम्बर ४ की महेश्वरी पाठक प्रथम भएकी छन् । त्यस्तै द्धितृय वडा नम्बर ७ की लक्ष्मी कापडी, तृतीय वडा नम्बर २ की तुल्छी ओझा र सान्तोना वडा नम्बर १ की बीमला बाग भएकी आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्धितृय, तृतीय र सान्तोना हुनेलाई कापी, कलम स्टेशनरी पुरस्कार दिईएको थियो । प्रतियोगितामा विभिन्न वडाबाट ४५ जनाको सहभागिता रहको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *