हरिहर माविमा बालमैत्री शुद्ध खानेपानी सञ्चालन

सरिता कठायत
२९ असार २०८० १६:५४
हरिहर माविमा बालमैत्री शुद्ध खानेपानी सञ्चालन

सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिका ६ मा रहेको हरिहर माविमा बालमैत्री शुद्व खानेपानी सञ्चालन गरिएको छ । बालबालिकाहरूलाई बालमैत्री तथा शुद्ध खानेपानी अति आवस्यकताको रूपमा रहने गरेको छ । शुक्रबार हरिरह माविमा बालमैत्री खानेपानीका धाराहरूको एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियोे । गुड नेर्वस ईन्टरनेशनल नेपाल र शिखर नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा हरिहर माविमा बालमैत्री खानेपानीका धारा जडान गरिएको हो । मानिसलाई शुद्व खानेपानीले सधै स्वस्थ राख्ने गर्छ त्यसैले विद्यालयमा शुद्ध खानेपानी झनै आवस्यक रहेकोले सो कार्यक्रम सञ्चालन गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । उनले भने विद्यालय नगरपालिका सँगै जोडिएको र यश बिद्यालयको पढाइ क्षेत्रमा बढी तिव्रता दिनुपर्ने बलायरले बताएका छन् । विद्यालयलाई नमुनाका रूपमा अगाडि बढाउन नगरपालिका सधैं साथमा छ नगर उप प्रमुख सुनिता रावल जोराले भनिन् । सिडिसि र नगरपालिकाको समन्वयमा १ लाख ५३ हजार ९ सय ८८ रूपयामा बालमैत्री शुद्व खानेपानीका धारा सञ्चालनमा ल्याएको सिडिसिका एकराज बडुले जानकारी गराएका छन्  । उनले हरिहर माविमा मात्रै होइनन् आवश्यकता भएको खण्डमा शिखरका अन्य बिद्यालयहरूमा पनि बालमैत्री शुद्व खानेपानीका धारा बनाउने आयोजना रहेको बडुले भने । नेपाल सरकारको निति अन्तर्गत बालमैत्री शुद्ध खानेपानी सबै बिद्यालयहरूमा अनिवार्य रहेको गुड नेवर्स ईन्टरनेशनल परियोजनाका संयोजक तेज प्रसाद शर्माले बताए  । उनले भने बिद्यालयमा भौतिक निर्माण मात्रै राम्रो भएर नहुने शुद्व खानेपानी पनि सञ्चालनमा हुनुपर्ने शर्माले भनेका छन् । नेपालमा बढी रोगहरू खानेपानी फोहोर भएर हुने गरेको र नेपालमा १८ प्रतिशत खानेपानी तथा सरसफाई नभएर रोगलाग्ने गरेको पाइन्छ उनले भने । कार्यक्रम समापनमा बोल्दै शिखर नगरपालिका वडा नं ६ का वडा अध्यक्षले सानो रकममा पनि ठुलो कार्य भएको र  यस्ता प्रभावकारी कुरालाई अन्य ठाउँमा पनि सञ्चालन गर्नुपर्ने धिर्क सिंहले भनेका छन् । उनले विद्यालयको पढाइ देखि भौतिक संरचनाको विषयमा वडा कार्यालय पछाडि नपर्ने समेत सिंहले बताएका छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *