डोटीमा चट्याङ परि एकको मृत्यु

पाँजलो न्युज
२८ असार २०८० ११:०७
डोटीमा चट्याङ परि एकको मृत्यु

असार २८ डोटी- बिहीबार चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय बर्ष ६६ का हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीले जनाएको छ ।
दिउसो करीब २ बजे तिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जनाएका छन् । चट्याङका कारण सोही गाउँका स्थानीय डम्मर सिंह बोहराका ६ वटा बाख्राको समेत मृत्यु भएको स्थानीयले जनाका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *