जन्म दिनको अवसरमा उप प्रमुखले गरिन मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग

सरिता कठायत
२६ असार २०८० १७:१६
जन्म दिनको अवसरमा उप प्रमुखले गरिन मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग

सरिता कठायत

डोटी / डोटी जिल्ला शिखर नगरपालिकाका नगर उप प्रमुखले जन्म दिनको अवसरमा  मष्टा गुरूकुल विद्याश्रममा आर्थिक सहयोग गरिन् । शिखर नगरपालिका वडा नं ६ चुडीमा रहेको मष्टा गुरूकुल विद्याश्रममा आफ्नो जन्म दिनको अवसर पारेर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले रू ५ हजार ५ सय ५५ रूपयाँ आर्थिक सहयोग गरिएको थियोे । वैदिक सनातन हिन्दु धर्म रक्षार्थका लागि सञ्चालनमा भएको सो विद्याश्रममा अध्यनरत बटुकहरूको भोजनार्थ प्रयोजनमा सहज होस् भन्ने हेतुले जन्म दिनको अवसरमा  सहयोग गरिएको उप प्रमुख जोराले बताइन् । उनले आफ्नो जन्मोत्सवको अवसरमा  विगत लामो समय देखि जिल्लामा भएका अक्ष्ायकोष ह‍ोस वा अस्पतालका बिरामीहरूलाई सहयोग गरेर जन्म दिन मनाउँदै आएकी छन् । मष्टा  गुरूकुल विद्याश्रम  समाजसेवी, स्वर्गीय दुर्गा फुलाराले स्थापना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *