बाल अधिकार तथा घटना ब्यवस्थापन तालिम सम्पन्न

गणेश मौनी
६ असार २०८० १३:४५
बाल अधिकार तथा घटना ब्यवस्थापन तालिम सम्पन्न

डोटी । बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारामा बाल अधिकार तथा घटना ब्यवस्थापन सम्बन्धी तिन दिने तालिम सम्पन्न भएको छ
बालबालिका उत्थानशील विकास परियोजना अन्र्तगत समान पहुँच विकास केन्द्र (सिड) नेपाल,डोटी र यू.एम.एन डोटीको सहजीकरण तथा बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा बाल अधिकार संरक्षण समितिका पदाधिकारीहरु र जनप्रतिनीधिहरुका लागी तालिमको आयोजना गरिएको थियो ।
जोखिममा रहेका बालबालिकाहरुको तथ्यांक संकलन गरि बाल पाश्र्वचित्र निर्माण गर्ने र सरोकारवालाहरुको क्षमता अभिबृद्धिमा सहयोग पुगोस भन्ने हेतुले तालिमको आयोजना गरिएको बालवालिका उत्थानशील बिकास परियोजना संयोजक नरेन्द्र बहादुररोकायाले बताउनु भयोे । तालिममा बाल सहभागीता, बाल संजाल गठन,गाउँपालिकामा बालअधिकार र संरक्षणको अबस्थाको पहिचान, बिपन्न, असहाय, अपांगता, आमाबुवा नभएका बालबालिकाहरुको अबस्था र भावी योजनाका बारेमा बिस्तृत रुपमा छलफल गरिएको समेत संयोजक रोकायाले बताउनु भयोे ।
तालिममा बाल अधिकारको बारेमा जानकारी, बाल अधिकार सम्बन्धि नीतिगत ब्यवस्था, बाल अधिकार, बाल संरक्षण र घटना ब्यवस्थापनका चरणहरु तथा प्रकृयाहरु, घटना ब्यवस्थापन कार्यको ब्यवहारीक पक्षको बारेमा जानकारी गराउनुका साथै पालिका तथा वडास्तरीय बाल संरक्षण समितिको भूमिका, जिम्मेवारी र आगामी योजना निर्माण गरि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको यू.एम.एन डोटी परियोजना ब्यबस्थापक सुरेन्द्र राइले बताउनु भयो ।
तालिममा बाल अधिकार संरक्षण समितिका पदाधिकारीहरु र जनप्रतिनीधीहरु गरि २० जना सहभागि रहेका थिए । तालिमको सहजकिरण प्रेम बहादुर बुढाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *