डोटी ।समान पहुच बिकास केन्द्र र सामुदायीक बिकास केन्द्रका कर्मचारीहरुको लागि आयोजना गरेको तिन दिने सामाजिक परिचालन सम्बन्धी क्षमता बिकास तालिम बुधबार दिपायलमा सम्पन्न भएको छ ।
दुबै संस्थाका फिल्डमा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धी गरि समुदायस्तरमा काम गर्न सहजताहुनुका साथै कार्यक्रम संचालनमा प्रभावकारीता होस भन्ने हेतुले तालिमको आयोजना गरेको समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाका कार्यक्रम संयोजक शुनिल जोशीले बताए ।
तालिममा समुदायस्तरमा हुने समस्या, समाधान र प्राथमीकीकरण सिप, सामाजिक परिचालनका औजार, बिधीहरुको प्रयोगको बारेमा जानकारी तथा अभ्यास गरिएको समेत संयोजक जोशीले बताए ।
तालिममा सामुदायीक बिकास केन्द्रका ६ जना र समान पहुच बिकास केन्द्रका ११ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया